गुल्मीमा डहरेखोलाले यात्रुवाहक जीप बगायो


१ कार्तिक २०७८, सोमबार
badhi 3

गुल्मी, १ कातिक । हिजो (आइतबार) रातिदेखि परेको वर्षाका कारण गुल्मीमा खोलाले एक यात्रुवाहक जीप बगाएको छ ।
आज (सोमबार) बिहान बुटवलबाट वामीटक्सार आउँदै गरेको लु १ ज ३४३२ नम्बरको यात्रुवाहक जीप खोला तर्ने क्रममा गुल्मीको सत्यवती गाउँपालिका–६ अन्तर्गत डहरेखोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दिउँसो २ः३० बजेको समयमा डहरे खोला तर्ने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक जीप रोकिएपछि यात्रुहरू तत्कालै जीपबाट झरेका थिए । जीपमा रहेका नौ यात्रु जीपबाट झरेलगत्तै ठाडो खोलामा माथिबाट आएको पानीको बहावले जीप बगाएर बढीघाट खोलामा पुर्‍याएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

खोलाले बगाएको जीप अझै फेला पर्न सकेको छैन । वर्षाका कारण आज बिहानदेखि बन्द रहेको रिडी–रुद्रवेणी सडक भने केहीबेर अघिदेखि सञ्चालनमा आएको सत्यवती गाउँपालिका अध्यक्ष ढकालले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७