मन्त्रिपरिषदले गर्‍यो यस्ता ६ निर्णय


१ कार्तिक २०७८, सोमबार
pm office 1

काठमाडौं, १ कातिक । सरकारले मोहम्मद जयन्तीका अवसरमा भोलि (मंगलबार) मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम समुदायलाई भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बैठकले आवुधाबी डायलगको छैटौं मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै विभिन्न मन्त्रालयहरूमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले आर्थिक कार्यविधि एवम् वित्तीय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।

मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिसअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका विभिन्न पदहरूमा नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

यस्तै सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरूलाई जनही पाँच लाख दिने निर्णय गरेको छ । त्यस्तै प्रशिक्षकहरूलाई पनि जनही ३ लाख दिने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७