पर्यटक लोभ्याउँदै बुङ र अक्टोपस झरना


१ कार्तिक २०७८, सोमबार
octopus spring lamjung k1kYNlPLBv scaled
ko{6Lo cS6f]k; em/gf ndh’ª, ! sflQs M a]F;L;x/ rfd] ;8scGtu{t ndh’ª d:of{ªbL ufpFkflnsf–$ RofDr]l:yt cS6f]k; em/gf . o; em/gfn] cGgk”0f{ kbdfu{df cfpg] cfGtl/s tyf afXo ko{6s / o; dfu{df ofq ug]{ ofq’sf] dg cfslif{t ug]{ u/]sf] 5 . t:jL/ M hgs >]i7÷/f;;

लमजुङ, १ कातिक । बुङ झरना अवलोकन गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्न थालेको छ । विश्वका कतिपय देशमा चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा रहेको लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा यो झरना हेर्न केही दिनदेखि आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेको हो ।

कोरोना सङ्क्रमणका कारण लामो समय सुनसान जस्तै रहेकामा अहिले यहाँ सङ्क्रमणको असर कम हुँदै गएकाले झरना हेर्न आन्तरिक तथा बाह्य पर्यटक गरी दैनिक एक सय ५० जनासम्म आउन थालेका छन् । केही दिनअघिसम्म मुस्किलले दुई-चार जना पर्यटक आउने गरेकामा पनि यति बेला भने पर्यटक बढ्न थालेसँगै यहाँको चहलपहल बढ्न थालेको छ । यो झरना रमणीय एवम् सुन्दर देखिने भएकाले पदमार्गमा आउने पर्यटक आकर्षित हुने गरेको मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए ।

octopus spring lamjung 1 bdlYryPm1g

उनले भने, ‘सदाबहार छङछङ झरिरहने झरनाले पर्यटक आकर्षित गरिरहेकाले विगतमा यस झरनामा दैनिक झण्डै चार सयसम्म पर्यटकले अवलोकन गर्दै आएका थिए । अन्नपूर्ण पदमार्गमा पैदल तथा सवारी साधनबाट जाने पर्यटक एक पटक बुङ छहरामा नहेरि जानै चाहँदैनन् । तारे भिरमा छङछङ गर्दै झरेको छहरालाई पृष्ठभूमि बनाएर तस्बिर लिने र सेल्फी खिच्नेको भिड लाग्छ ।’

स्थानीयवासी आइतबहादुर गुरुङले भने, ‘छहरा हेर्न रोकिने पर्यटकका कारण होटल व्यवसायसमेत फस्टाएको छ ।’ केही दिनअघिदेखि एक सयभन्दा बढी पर्यटकले आवतजावत गर्न थालेको र तिनले झरना हेर्न रोकिने गरेकाले यहाँको आम्दानी समेत बढ्न थालेको उनको भनाइ थियो ।

झरनाको वारि च्याम्चेमा होटल छन् । यहाँ लोकल कुखुरासँगै खाना, चिया कफीजस्ता पेय पदार्थ बेच्न व्यवसायीलाई फुर्सदै हुँदैन । सदरमुकाम बेँसीसहरबाट ३२ किलोमिटरको दूरीमा पर्ने यो छहरा वर्षाका बेला निकै ठूलो देखिने भएकाले झरना हेर्दै सेल्फी खिच्ने पर्यटक घण्टौंसम्म भुल्ने गरेका स्थानीयवासीको भनाइ थियो ।

यति बेला पर्यटक आगमनको याम भएको र कोरोना सङ्क्रमणको जोखिम पनि कम भएकाले दैनिक ठूलो सङ्ख्यामा पर्यटक ओहोरदोहोर गर्ने गर्छन् । भिरको बाटोमा मन सिरिङ्ग बनाउँदै हिँडेका पर्यटकले आँखै अगाडि ठोकिने झरना देख्दा सबै दुःख र थकान बिर्सने गरेको अनुमान भएको उनीहरूको भनाइ थियो ।

त्यस्तै त्यही पदमार्गको च्याम्चेकै अर्को अक्टोपस झरनाले पनि पर्यटकलाई थप आकर्षित गराउँदै आएको छ । यो झरना बेँसीसहरको चामे सडकको बीच भागमै झर्ने भएकाले पैदल तथा मोटरसाइकलमा जाने यात्रुलाई त रुझाउँछ नै । यो झरनाको तस्बिर खिचेर सामाजिक सञ्जालमा नहाल्ने सायद कमै होलान् । अत्यन्त मनमोहक यो झरना अक्टोपसको खुट्टाझैं देखिन्छ । यहाँ आइपुगेर झरना हेर्दा स्वर्गको अनुभूति भएको पर्यटक युनिका पोख्रेलले बताए ।

यस्तो झरना देख्दा नहेरी कहाँ मन मान्छ र, यति मात्र होइन, झरनासँगै सेल्फी त खिच्न छुटाउनै भएन । झरनामा पुग्दा आफूले आफैलाई बिर्सेर स्वर्गमा पुगेको अनुभूति भएको उनको भनाइ थियो । उनी जस्तै यहाँ आउने जो कोहीले पनि अवलोकनपछि स्वर्ग नै पुगेको अनुभूति भएको बताउने गर्दछन् ।

मनमोहक यस्ता झरनाको थप प्रचारप्रसारका साथै स्थानीय क्षेत्रलाई थप व्यवस्थित गर्नसके अझै थुप्रै पर्यटक आगमनले यहाँको व्यवसाय फस्टाउने पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताए । गाउँपालिकामा यी झरनासँगै अन्य झरना पनि राम्रो रहेकाले पर्यटन प्रवर्द्धन गर्नका लागि यी झरनाको गुरुयोजना बनाएर अघि बढ्ने गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले भने, ‘प्रकृतिमा रमाउने पर्यटकलाई यस्ता झरनाले झन आकर्षित गराउँछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७