टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाले नामिबियालाई हरायो


२ कार्तिक २०७८, मंगलवार
srilank t 20 7L5qrarmin

काठमाडौं, २ कातिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाले नामिबियालाई हराएको छ । आबुधाबीमा गए राति भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले हराउँदै विजयी शुरुवात गरेको हो ।

नामिबियाले दिएको ९७ रनको लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो । श्रीलंकाका भानुका राजपाक्षेले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । यस्तै अभिष्का फर्नान्डो ३० रनमा अविजित रहे । नामिबियाका रुबिन ट्रम्प्लेमान, बेर्नार्ड स्कोल्ट्स र जेजे स्मिथले एक / एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ९६ रन बनाएको थियो । नामिबियाका क्रेग विलियम्सले २९, गेर्हार्ड एरास्मुसले २० तथा जेजे स्मिथले अविजित १२ रन जोडे । नामिबियाका अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रीलंकाका महेश थिक्शानाले ३ तथा लाहीरु कुमारा र वाविन्दु हसरंगाले २ / २ विकेट लिए । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा हिजो भएको खेलमा आयरल्याण्डले नेदरल्याण्ड्सलाई सात विकेटले हराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७