ग्याँस बुलेट पल्टेर जाम भएको नागढुङ्गा सडक खुल्यो


२ कार्तिक २०७८, मंगलवार
Accident 1

काठमाडौं, २ कातिक । ग्याँस बुलेट पल्टेर जाम भएको नागढुङ्गा सडक खुलेको छ । धादिङबाट काठमाडौं आउँदै गरेको बुलेट गए राति नागढुङ्गा नजिक पिप्लामोडमा पल्टिएको हो ।

त्रिभुवन राजपथ अन्तर्गत पिप्लामोडमा ग्याँस बुलेट पल्टिदा नौबिसे–नागढुङ्गा सडकमा गाडीको लामो लाइन लागेको थियो । अहिले दुईतर्फी नै सडक खुलेको ट्राफिक प्रहरीले जनाएको छ ।

यस सडकमा अहिले पनि गाडीको चाप छ । दशैंको समयमा ओहोरदोहोर गर्ने यात्रु धेरै भएकाले सडकमा गाडीको चाप बढेको प्रहरीले जनाएको छ । सडक खुलेसँगै रोकिएका गाडि र यात्रु गन्तव्यमा लागेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७