माओवादीको टोलदेखि प्रदेशसम्मको सम्मेलन कार्यतालिका परिवर्तन


२ कार्तिक २०७८, मंगलवार
mao

काठमाडौं, २ कातिक । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले प्रदेश पार्टी कमिटीसम्मको सम्मेलन कार्यतालिका परिवर्तन गरेको छ । आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकले टोल, वडा, पालिका र प्रदेश कमिटीका सम्मेलनको कार्यकातालिका हेरफेर गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘पार्टी सदस्यता नवीकरण कार्तिक २५ गतेसम्म गर्ने गरी कार्यतालिका हेरफेर गरिएको छ,’ बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने, ’त्यस्तै, टोल सम्मेलन कार्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका (गाउँपालिका, नगरपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका) सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने गरी समय थपिएको छ ।’

माओवादीले राष्ट्रिय सम्मेलन भने निर्धारित समयमै गर्ने भएको छ । प्रवक्ता महराले राष्ट्रिय सम्मेलनको मिति यथावत् रहेको बताए । माओवादीले राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गतेका लागि तय गरेको छ ।

त्यस्तै, माओवादीले १४९ जनाको सल्लाहकार समिति, ९९ जनाको ज्येष्ठ कम्युनिस्ट मञ्च, पेशलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग र टंक राईको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग पनि गठन गरेको महराले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७