माओवादीको लेखा आयोग संयोजकमा खतिवडा, अनुशासन आयोगमा राई


२ कार्तिक २०७८, मंगलवार
perish dada party

काठमाडौं, २ कातिक । सत्तारुढ नेकपा (माओवादी केन्द्र) मा विभिन्न आयोगको गठन गरिएको छ । नेकपा माओवादी केन्द्रले तीन वटा आयोग, केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरेको हो ।

आज (मंगलबार) बसेको स्थायी कमिटीको बैठकले १४९ जनाको सल्लाहकार समिति बनाएको छ । त्यस्तै, ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकले पेशलकुमार खतिवडाको संयोजकत्वमा २५ सदस्यीय लेखा आयोग गठन गरेको छ ।

बैठकले अनुशासन आयोगको अध्यक्ष टंक राईलाई बनाएको छ । उक्त कमिटी पनि २५ सदस्यीय छ । त्यसै गरी, १७५ जनाको विशेष कमिटी बनाइएको प्रवक्ता महराले बताए । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा यसअघि नै माओवादी केन्द्रको निर्वाचन आयोग गठन गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७