पहिरोमा पुरिएर डडेलधुरा र कालिकोटमा दुई जनाको मृत्यु


२ कार्तिक २०७८, मंगलवार
pahiro

डडेलधुरा, २ कातिक । पहिरोमा पुरिएर डडेलधुरा र कालिकोटमा दुई जनाको मृत्यु भएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडामा ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको हो ।

सोमबार राति पहिरो जाँदा सन्ध्या फेन्सी स्टोरमा च्यापिएर विष्णुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पहिरो जाँदा पसलभित्र बिष्णु च्यापिएको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय डडेलधुरा र प्रहरी चौकी भात्काडाबाट खटिएको प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि डडेलधुरा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै कालिकोटको महाबै गाउँपालिका–७ राम्नीका बिष्णुलाल अधिकारीको घर अविरल वर्षाको कारण मंगलबार बिहान भत्किँदा उनकी छोरी १८ वर्षीया स्मृति अधिकारीको घरभित्र पुरिएर मृत्यु भएको छ । विष्णुकी १५ वर्षीया छोरी पहिरोमा पुरिएर सामान्य घाइते भएकी छन् ।

बझाङ, बित्थडचिर गाउँपालिका २ पैरास्थित जयपृथ्वी राजमार्गमा सोमबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । प्रहरीले सडक खुलाउन पहल गरिरहेको जनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदाली र दोधारा चादनी नगरपालिका १० कुतीया कभर, शान्तिटोल, बैदीफाटा र निशानीटोलमा अविरल बर्षा कारणले महाकाली नदीमा पानीको सतह बढ्दा करिब २ सय घर डुबानमा परेका छन् । इलाका प्रहरी कार्यालय गड्डा चौकी र इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७