१३ वर्षीया बालिकालाई जबरजस्ती करणी, २० वर्षीय युवक पक्राउ


२ कार्तिक २०७८, मंगलवार
pakrau
फाइल फोटो

पाल्पा, २ कातिक । एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक युवक पक्राउ परेका छन् । तानसेन नगरपालिका–११ बस्ने २० वर्षीय प्रेम सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका–४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७