दक्षिणकालीमा शंकास्पद अवस्थामा एक जना मृत फेला, हत्याको आशंका


२ कार्तिक २०७८, मंगलवार
death

काठमाडौं, २ कातिक । दक्षिणकाली नगरपालिका–६ कमलपोखरीस्थित स्थानीय हरिकृष्ण श्रेष्ठको गोठमा काम गर्ने अन्दाजी ५० वर्षीय गोजे राई शंकास्पद अवस्थामा मृत फेला परेका छन् ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलका अनुसार मृतक राईको टाउकोमा गहिरो चोट छ ।
मंगलबार बिहान गोठको खाटमै रगताम्य अवस्थामा राईको शव फेला परेको प्रहरीले जनाएको छ ।

राईको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । मृतकसँगै बस्ने पासाङ शेर्पा फरार छन् । घटनाको विषयमा अनुसन्धान भईरहेको डीएसपी पोखरेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७