म्यानमारमा सयौं कैदी रिहा


२ कार्तिक २०७८, मंगलवार
Myanmar

काठमाडौं, २ कातिक । म्यानमारमा गत फेब्रुअरीमा भएको सैन्य ‘कू’ विरुद्ध प्रदर्शनको क्रममा पक्राउ परेका सयौं कैदी रिहा भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार रिहा हुनेमा आङ साङ सुकीको पार्टीका प्रवक्ता र प्रसिद्ध कमेडियन पनि छन् ।

यसअघि म्यानमारको सरकारी टेलिभिजनले प्रदर्शनमा सहभागी हुने ५६ सयभन्दा धेरै कैदीलाई आममाफी दिने घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार म्यानमारको जेल बाहिर अहिले धेरै मानिस प्रतीक्षामा छन् । उनीहरुले म्यानमारको सेनाले प्रदर्शनमा सहभागी हुने सबैजसो रिहा हुने अपेक्षा गरेका छन् ।

सैन्य ‘कू’ विरुद्धको प्रदर्शनमा सहभागी हुने बाहेक अन्य आपराधिक कार्यमा संलग्न कैदी पनि रिहा हुने उनीहरुले बताएका छन् । यसअघि दक्षिण पूर्वी एसियाली मुलुकको संगठन (आसियन) का अन्य सदस्य राष्ट्रले यसै महिना हुने वार्षिक सम्मेलनमा म्यानमारको सेना प्रमुख मिन औङ हलिङलाई नबोलाउने निर्णय गरेका थिए । हलिङले म्यानमार हिंसा नियन्त्रणको लागि पर्याप्त कदम नचालेको उनीहरुको निष्कर्ष थियो ।

म्यानमार सन् १९९७ देखि आसियनको सदस्य रहँदै आएको छ । अहिले म्यानमारको सेनाले सैन्य ‘कू’ विरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई आममाफी दिने निर्णय गरे पनि आलोचकले भने यो मानिसको ध्यान मोड्न सेनाले चालेको चाल भएको बताएका छन् । म्यानमारको सेनाले कति मानिस प्रहरी हिरासतमा छन् र कति मानिस रिहा भएका छन् भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७