भारत उत्तराखण्डमा बाढी, तीन नेपाली मजदुरको मृत्यु


२ कार्तिक २०७८, मंगलवार
Uttarakhand flood C1OvKiD7el

कञ्चनपुर, २ कातिक । भारत उत्तराखण्डमा भारी वर्षापछि आएको बाढीमा परी तीन नेपाली मजदुरको ज्यान गएको छ । सोमबारकाे बाढीका कारण उत्तराखण्डमा मृत्यु हुने पाँचमध्ये तीन नेपाली मजदुर रहेको इण्डिया टुडेले उल्लेख गरेको छ ।

उत्तराखण्डको पाउरी जिल्लाको सामखालमा टेन्टमा बसेका तीन मजदुरको बाढीले बगाउँदा मृत्यु भएको हो । यद्यपि समाचारमा उनीहरुको पहिचान भने खुलाइएको छैन ।

उत्तराखण्डमा आएको बाढीसँगै राज्यका अधिकारीहरुले चारधाम यात्रा नगर्न तीर्थालुहरुलाई सुझाएका छन् । यसअघि भारतको मौसम विभागले उत्तराखण्डको १३ जिल्लामा आइतबारदेखि मंगलबारसम्म भारी वर्षा, चट्याङ, असिनापानी र हावाहुरी आउन सक्ने बताएको थियो ।

भारी वर्षाका कारण आएको बाढीको कारण रामनगर–रानीखेत रुटको लेमन ट्रि रिसोर्टमा रहेका करिब एक सय मानिसहरु थुनिएका छन् । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार अहिले उनीहरुको उद्धारको काम चलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७