प्रतिनिधि सभाको बैठक कात्तिक ११ गते


२ कार्तिक २०७८, मंगलवार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं, २ कातिक । प्रतिनिधि सभाको बैठक कात्तिक ११ गते बस्ने भएको छ । संसद सचिवालयले मंगलबार सूचना प्रकाशित गरी ९ गतेका लागि बोलाइएको बैठक ११ गते बस्ने गरी सारिएको जनाएको छ । बैठक दिनको २ बजे बस्ने छ ।

सो दिन (९ गते) विशेष कारणबस बैठक बस्न नसक्ने भएकोले सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ११ गते बैठक बोलाएका संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ । निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को आग्रहमा बैठक सारिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७