भारतको नेशनल डिफेन्स कोर्सका सदस्यहरु सैनिक मुख्यालयमा


२ कार्तिक २०७८, मंगलवार

काठमाडौं, २ कातिक । नेपाल भ्रमणमा रहेका भारतको नेशनल डिफेन्स कोर्स–२०२१ का सदस्यहरुले सैनिक मुख्यालयमा मंगलबार भेटवार्ता गरेका छन् ।

जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले भ्रमण दलका प्रमुख रिअर एड्मिरल धीरेन भिजसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरे । लगत्तै नेपाली सेनासम्बन्धी विषयहरुमा प्रस्तुतीकरण र अन्तरक्रिया भएको सेनाले जनाएको छ ।

कार्यक्रमको सुरुवातमा प्रधानसेनापति शर्माले यस्तो भ्रमणबाट दुई देशका सेनाबीचको सम्बन्ध सुदृढीकरण गर्न तथा द्विपक्षीय सुरक्षा चासोका विषयहरुको सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । भ्रमण दलले मंगलबारै सैनिक श्रीमती संघको कार्यालयमा पनि शिष्टाचार भेटवार्ता गरेको थियो ।

भ्रमण दलले रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ । कोर्समा अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंकाका शिक्षार्थीहरु समेत समावेश छन् । टोली कात्तिक ६ गते फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७