पहिरोले घर पुर्दा दिदी–भाइको मृत्यु


२ कार्तिक २०७८, मंगलवार
pashiro dharan tOfnf4RDQF

सुनसरी, २ कातिक । सुनसरीको धरानमा पहिरोले घर पुर्दा दुई बालबालिकाको ज्यान गएको छ । मंगलबार दिउँसो २ बजेतिर गएको पहिरोले धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्गका निशान राईको घर पुरेको हो । उनका ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहानको मृत्यु भएको हो ।

एक तले टिनको छाना भएको घर पुरिँदा घरभित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागि प्रहरी टोली खटिएको थियो । दिउँसो साढे ३ बजे दुई जना बच्चालाई मृत अबस्थामा फेला पारेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७