महाकालीको बाढीमा फसेका पाँच जनाको उद्धार


२ कार्तिक २०७८, मंगलवार
uddar mahendranagar Rzz8jHmvGX

कञ्चनपुर, २ कातिक । महाकाली नदीको बाढीमा फसेका भीमदत्त नगरपालिका–९ मसेट्टीका पाँच जनाको सकुसल उद्धार गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टरले बाढीमा फसेकाको मंगलबार बेलुका उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । अविरल वर्षाले महाकाली नदीमा पानीको बहाव बढेपछि सोमबार नदी किनारमा कुखुरा खोर कुर्न गएका पुष्कर नायक, दीर्घमती खड्का, शान्ती नायक, असोक नायक र अजय नायक बाढीमा फसेका थिए ।

उनीहरुको उद्धारको लागि सुरक्षाकर्मीको टोली दिउँसो नै मसेट्टी पुगे पनि महाकालीमा पानीको बहाव बढि भएका कारण उद्धार गर्न सकेको थिएन । त्यसपछि उद्धारको लागि हेलिकप्टर ल्याइएको थियो । हेलिकप्टरको कठिन प्रयासपछि करिब २४ घण्टापछि बाढीमा फसेकाको उद्धार गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७