२०७८ कार्तिक ३ गते बुधबारको तपाईको राशिफल

कोजाग्रत पूर्णिमा व्रत / कार्तिक स्नान आरम्भ / आकाशदीप दान आरम्भ


प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार ०६:२४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज स्वास्थ्यमा खर्च बढ्ने छ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनु पर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज रोकिएका काम पूरा हुन सक्छ । धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । लाभदायक यात्रा होला, तर पुँजी बजार भने कमजोर रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण कार्य सिद्ध हुनसक्छ । भाग्यले विभिन्न अवसर पनि जुराउने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न पनि गर्न सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । घरमा अतिथिको आगमन हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
स्वादिष्ट भोजनको विशेष अवसर मिल्ने छ । सवारी साधन खरिद गर्ने योग छ । आज पहेंलो रङ्गको पहिर गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
महत्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्