हुम्लामा पहिरोले घर पुरिंदा एकै घरका ६ जना बेपत्ता


३ कार्तिक २०७८, बुधबार
1634697127 ghar bagauda 1200x560 1

हुम्ला, ३ कातिक । लगातारको वर्षाका कारण पहिरोले घर पुरिँदा हुम्लामा एकै घरका छ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँका धनवीरे शाहीको घरमा मंगलबार राति साढे आठ बजेतिर माथिबाट आएको पहिरो खसेको थियो ।

स्थानीय हर्क शाहीका अनुसार पहिराले घर पुरिँदा धनवीरेसहित कलबहादुर शाही, उनकी श्रीमती आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोरा पहिरोमा पुरिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी हेरम्भ शर्माले घटनास्थलमा उद्दारका लागि प्रहरी टोली सदरमुकामबाट खटाइएको बताए । ‘राति घर पुरिएकाले उद्दार गर्न सम्भव भएन्,’ उनले भने, ‘अहिले (बुधबार विहान) सदरमुकामबाट उद्दारका लागि सुरक्षाकर्मी पठाएका छौं ।’

उनले २५ मिटरमाथिदेखि ढुंगा र माटोसहितको पहिरो खस्दा घर पुरिएको बताए । ‘स्थानीय प्रहरीको सहयोगमा स्थानीयले उद्दार कार्य जारी राख्नु भएको छ, सदरमुकामको टोली पनि जाँदैछ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७