सिटी एक्सप्रेसद्वारा पाँच लखपति विजेता घोषणा


३ कार्तिक २०७८, बुधबार
Capture aAaveCE5nI

काठमाडौं, ३ कातिक । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली विजेता घोषणा गरेको छ ।

विजेतामा जापानबाट रेमिट्यान्स पठाउने अन्जु घले, साउदीबाट यमलाल भुसाल , कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाई साथै अन्तिममा दुबईबाट रेमिट्यान्स पठाउने उमेश यादव रहेका छन् । उनीहरुले जनही एक लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जनाएको छ ।

कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत ६१ दिनस लगातार हरेक दिन एक जना विजेतालाई १० हजार उपहार प्रदान गरिनका साथै हरेक महिना ५ जनालाई एक–एक लाख गरी २ महिना सम्म १० जना रकम प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७