बझाङ पहिरो : बेपत्ता २३ मध्ये दुईको शव भेटियो, अरुको खोजी जारी


३ कार्तिक २०७८, बुधबार
pahiro bajhang 4XO46ATT6V

बझाङ, ३ कातिक । बझाङको थलारा गाउँपालिका–४ डिक्लामा पहिरोमा परी बेपत्ता दुई जनाको शव फेला परेको छ ।
थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई जना बच्चाको शव भेटिएको छ ।

यद्यपी उनीहरुको पहिचान भने खुल्न सकेको छैन । ‘दुई जना बच्चाको शव निकालेका छौं । उनीहरुमध्ये एक जनाको शरीरको आधा भाग मात्रै छ’, उनले सुनाए, ‘खोलामा अर्को मानिसको खुट्टा देखिएको खबर आएको छ ।’

पहिरोमा पुरिएकाको उद्धार तथा खोजबिनका लागि नेपाली सेना र शसस्त्र प्रहरीको टोली हेलिकप्टरमा केही बेर अघि घटनास्थलमा पुगेको छ । स्थानीय, नेपाली सेना र सशस्त्र प्रहरी बेपत्ताहरुको खोजतलासमा लागेको वडाध्यक्ष विष्टले बताए ।

थलारा गाउँपालिका–४ डिक्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ र नरे पार्कीका घरका पाँच जना रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७