सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी : मुख्यालय र हेलो सरकारमा उजुरी


३ कार्तिक २०७८, बुधबार
BOP

काठमाडौं, ३ कात्तिक : तस्करीकालागि निकै चर्चामा रहेको पर्साको भिष्वा (बन्जारी) नाकामा सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी बढेको भन्दै सशस्त्र प्रहरी मुख्यालय र हेलो सरकारमा उजुरी परेको छ ।

भिस्वा बन्जारी नाकास्थित बोर्डर आउट पोस्ट ‘बिओपी’का इन्सपेक्टर कृष्ण पौडेलकै संलग्नतामा तस्करीका सामान पास गराइएको तथ्य सहित हेलो सरकार र सशस्त्र प्रहरी मुख्यालय दुवै ठाउँमा उजुरी परेको हो । करिब दुई महिना अघि सशस्त्र प्रहरी बलको दुई नम्बर बाहिनिका बाहिनिपति डिआइजी चन्द्र प्रकाश गौतमले पौडेललाई सो बिओपीमा पठाएका थिए ।

अबैध आर्जन गर्नकै लागि डिआइजीको चाकडी गरेर त्यहाँ पुगेका पौडेलले सुरु देखिनै सिमा इलाका बाट तस्करी गराएको उजुरीमा उल्लेख गरिएको छ । ‘पटक पटक मौखिक उजुरी आएको थियो अहिले भने भिडियो प्रमाण सहित लिखित उजुरी परेको छ । अब उनीमाथि गम्भिर छानबिन हुन्छ’ दुई नम्बर बाहिनि श्रोतले भन्यो ।

पौडेलका बिषयमा गम्भिर भएर छानबिन गर्न मुख्यालय स्थित प्रशासन बिभागले दुई नम्बर बाहिनिलाइ आदेश दिइसकेको छ । बाहिनिका डिएसपिको कमाण्डमा छनबिन समिति बनाइएको बताइएको छ ।

सामान्यतया एउटा युनिट कमाण्ड गरे पछि छ महिना सम्म अर्को कमाण्ड नदिने निति भए पनि पौडेलको हकमा त्यो निति लागु भएको छैन । बिओपि भिष्वा जानु अघि बाराको जितपुरमा सुरक्षा बेश कमाण्डर थिए । त्यहाँ हुँदा राशनमा बद्मासी गरेको र आफ्नै कर्मचारिमाथि ज्यादति गरेको आरोप उनलाइ लागेको थियो ।

त्यस्तो ब्यक्तिलाइ फेरि किन बिओपिको जिम्मेवारी दिइयो भन्ने आश्चर्यको बिषय बनेको भएको भन्दै मूख्यालयमा उजुरी हालिएको छ । अहिले भिस्वा नाकाबाट दशैंको मौका छोपेर ब्यापक तस्करि गराएका थिए । तीस जना कार्यरत ‘बिओपी’बाट दशैंको नाममा अधिक कर्मचारि बिदा छोड्दा जम्मा आधा दर्जन मात्र कर्मचरि युनिटमा राखेर राशनको रकम पनि लिएको स्रोतले जनाएको छ ।

पर्साको भिस्वा नाका निकै विवादित भएकाले त्यहाँ सशस्त्र प्रहरीका कर्मचारीहरु सजग हुनुपर्नेमा उनी आफै सेटिङ गरेर सामान पास गराउन लागि परेको र भएको फौजको संख्या पनि घटाएर प्रहरी संख्या कम देखाएर सेटिङमा लागेको स्रोतको दावी छ ।

उनीमाथि सामन्य फौजी आचरण समेत नभएका भन्दै हालका बाहिनिपति डिआइजि गणेश ठाडा मगरले डिएसपीको नेतृत्वमा छानवीन समिति बनाएका छन् । आचारविपरित कार्य गरेको ठहरेमा उनलाई बाहिनिमा तानेर थप कारवाही गर्ने बाहिनि स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७