२०७८ कातिक ४ गते बिहीबारको तपाईको राशिफल


४ कार्तिक २०७८, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । रोकिएको धन हात पर्ला । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज शुभकार्यको चर्चा चल्ने छ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । साथीभाइसँग समय बित्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कुनै कुराले मनमा शान्ति छाउनेछ । घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कला तथा साहित्यमा रुचि बढ्ने छ । वैदेशिक कार्य अघि बढ्ला । ठीक समयमा सही निर्णय लिन सकिने छ । घर जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भय छ सचेत रहनु होला । यात्रामा मालसामान पनि हराउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । शिक्षामा सफलता मिल्ने छ । महत्वपूर्ण कामको थालनी हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
विपरीत वर्ग प्रति आकर्षण बढ्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा रहनुका साथै पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७