ट्रक दुर्घटना हुँदा गोरखामा चालकको मृत्यु, दुई घाइते


४ कार्तिक २०७८, बिहीबार
Mini truck

गोरखा, ४ कातिक । गोरखाको आरुघाट गाउँपालिका–१ माझगाउँमा बुधवार राति साढे ११ बजेतिर मिनी ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । ट्रकमा सवार अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । घाइते आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

राजकुमारको अवस्था सामान्य रहे पनि दिव्याको अवस्था चिन्ताजनक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा ५ ख १२३१ नम्बरको ट्रक अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७