विश्वकप क्रिकेट : श्रीलंका सुपर–१२ मा प्रवेश


४ कार्तिक २०७८, बिहीबार
received 4074006242738631634752830

काठमाडौं, ४ कातिक । श्रीलंका टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर–१२ मा प्रवेश गरेको छ । शेख ज्याद क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरको श्रीलंकाले शुरुवाती दुई ओभरमा तीन विकेट गुमाको थियो । त्यसपछि पाथुम निशान्का र वानिन्डु हर्शरंगाले इनिङ्स सम्हाल्दा आयरल्यान्डलाई बलियो लक्ष्य दिएको श्रीलंकाले विश्वकप क्रिकेटको सपुर–१२ मा स्थान बनाएको छ ।

बुधबार भएको खेलमा श्रीलंकाका बलर चम्कदा आयरल्यान्ड १०१ रनमै सीमित भयो । श्रीलंकाले ७० रनको जित निकाल्न सफल भयो । पाथुम निशान्का र वानिन्डु हर्शरंगाले अर्धशतक प्रहार गर्दा श्रीलंकाले दिएको १७२ रनको लक्ष्य आयरल्यान्डले १८ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाएर मात्र १०१ रन बनाउन सक्यो ।

आयरल्यान्डका लागि कप्तान आन्द्रे बालिरेइनीले सर्वाधिक ४१ रन बनाए । त्यस्तै कुर्टिस कास्फरले २४ रन बनाउ बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो रन जोड्न सकेनन् । आयरल्यान्डलाई सस्तैमा समेट्न महेस थेकास्नाले तीन विकेट लिए । चमिका करुणारत्ने र लाहिरु कुमाराले समान दुई–दुई विकेट लिए ।

यसअघि श्रीलंकाले सुरुवाती दुई ओभरमा ९ रन बनाएर ३ विकेट गुमाएको थियो । त्यसपछि श्रीलंकाका पाथुम निशान्का र वानिन्डु हर्शरंगाले इनिङ्स सम्हाल्दा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाउन सफल भयो ।

हर्शरंगाले ४७ बल खेल्दै १० चौका र १ छक्का प्रहार गरेर ७१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै निशान्काले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।

बलिङतर्फ आयरल्यान्डका लागि जोउस लिटेलले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सिमी सिंहले २ विकेट लिँदा पाउल स्टर्लिङले एक विकेट हात पारे । जितसँगै श्रीलंकाले २ खेलबाट ४ अंक जोडेर सुपर–१२ मा स्थान बनायो । पराजित आयरल्यान्डको २ खेलबाट २ अंक छ । आयरल्यान्डले अब समूह चरणको अन्तिम खेलमा नामिबियासँग खेल्नेछ । दुई टोलीबीचको विजेताले सुपर–१२ मा स्थान बनाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७