नाइजेरियामा ५० बन्दुकधारी मारिए


४ कार्तिक २०७८, बिहीबार
nigeria12345 ifnVpMmHWG 1

काठमाडौं, ४ कातिक । द्वन्द्वग्रस्त मुलुक नाइजेरियामा थप ५० जना बन्दुकधारी मारिएका छन् । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने काडुना राज्यमा सोमबार उनीहरू मारिएका सरकारी अधिकारीहरूले जनाएका छन् ।

नाइजेरियाको सरकारी सुरक्षाकर्मीले संयुक्त कारबाहीमा हतियारधारी मारिएका हुन् । काडुना राज्यको अन्तरिक सुरक्षा तथा गृह मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा गोप्य सूचनाका आधारमा सुरक्षाकर्मीहरूले सुरक्षा कारबाही गरेको उल्लेख छ ।

घटनामा परी ५० भन्दा बढीको मृत्यु भएको मन्त्रालयले दाबी गरेको छ । उनीहरू माथि हवाई र स्थलगत दुवै माध्यमबाट आक्रमण गरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७