माओवादी केन्द्रको स्थायी कमिटी बैठक तेस्रो दिन पनि जारी


४ कार्तिक २०७८, बिहीबार
mao

काठमाडौं, ४ कातिक । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (बिहीबार) तेस्रो दिन पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल गर्ने एजेण्डा रहेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

यसअघि सोमबार र मंगलबार बसेको सो पार्टीको बैठकले विभिन्न आयोग गठन गरेको थियो । निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोग तथा ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरेको माओवादीले आजको बैठकले ति कमिटीलाई पूर्णता दिने जनाएको छ ।

आगामी पुस महिनामा राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको सो पार्टीले सदस्यता वितरणको कार्यतालिका समेत संशोधन गरी कात्तिक २५ गतेसम्म पुर्‍याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७