उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणको अमेरिका, बेलायत र फ्रान्सद्वारा निन्दा


४ कार्तिक २०७८, बिहीबार
zmfkdg1634804416

काठमाडौं, ४ कातिक । अमेरिका, बेलायत र फ्रान्सले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बुधबार बसेको आकस्मिक बैठकमा तीन देशका दूतहरूले उत्तर कोरियाको कदमले नयाँ उत्तेजना पैदा गरेको भन्दै निन्दा गरेका हुन् ।

अन्तर्राष्ट्रिय प्रतिबन्धहरूका बाबजुद उत्तर कोरियाले मंगलबार पनडुब्बी आधारित ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । जसलाई उत्तर कोरियाले नयाँ प्रकारको क्षेप्यास्त्र भनेको छ । यसले उत्तर कोरियाले हतियार कार्यक्रमहरू विकास गरिरहेको देखाएको ती देशहरूले जनाएका छन् । उनीहरूले हालको प्रतिबन्धलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

परमाणु निःशस्त्रीकरणसम्बन्धी वार्ता सफल नभएपछि उत्तर कोरियाले सैनिक शस्त्रहरूलाई क्रमिक रूपमा सुधार गर्दै आएको छ । उत्तर कोरियाले सन् २०१९ मा पहिलोपटक पनडुब्बी आधारित ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेयता परमाणु क्षमतायुक्त क्रुज क्षेप्यास्त्र र उसले भन्ने गरेको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा बढिरहेको तनावको जिम्मेवार अमेरिका भएको आरोप लगाउँदै आफ्नो आत्मरक्षाका लागि परीक्षणहरू आवश्यक रहेको भनी आफ्नो कदमको बचाउ गर्दै आएको छ । सुरक्षा परिषद्का स्थायी सदस्य रुस र चीन नबोलेपछि यसपटक पनि सुरक्षा परिषद्को संयुक्त विज्ञप्ति भने जारी हुन सकेन । अलजजिरा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७