छोराको जमानत अस्वीकार भएपछि जेलमै भेट्न पुगे शाहरुख


४ कार्तिक २०७८, बिहीबार
zkmfkgf1634806854

मुम्बइ, ४ कातिक । आर्यन खानको जमानत निवेदन दोस्रो पटक अस्वीकार भएपछि छोरालाई भेट्न बलिउड अभिनेता शाहरुख खान बिहीबार अर्थर रोड जेल पुगेका छन् ।

यही अक्टोबर २ मा क्रुजको ‘रेव पार्टी’ मा लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका आर्यन १९ दिनदेखि जेलमा छन् । आर्यन अहिले न्यायिक हिरासतमा छन् । यो १९ दिनमा खान परिवारबाट शाहरुख पहिलोपटक छोरालाई भेट्न जेल पुगेका हुन् ।

गएको हप्ता शाहरुख र गौरी खानले आर्यनसँग १० मिनेट भिडियो कलमा कुरा गरेका थिए । यद्यपि, २३ वर्षीय आर्यन शाहरुखका म्यानेजर पूजा डडलानी र वकिलसँग भने सम्पर्कमा नै छन् ।

बलिउड हंगामाका अनुसार शाहरुख छोरालाई भेट्न जेलमा जानु एक दिनअघि मात्रै महाराष्ट्र सरकारले कोरोना महामारीका कारण जेलमा भेट्न जान नपाउने नियम अन्त्य गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७