रक्षामन्त्री रिजाल र भारतीय राजदूतबीच द्विदेशीय सैन्य सहयोगबारे छलफल


४ कार्तिक २०७८, बिहीबार
qatra rijal vet11 abuJ8evpWg

काठमाडौं, ४ कातिक । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले रक्षामन्त्री डा.मिनेन्द्र रिजालसँग शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा राजदूत क्वात्राले मन्त्री नियुक्त भएकोमा रिजाललाई बधाई दिए । भेटमा नेपाल-भारत सैन्य सहयोग लगायत द्विपक्षीय हितबारे छलफल भएको मन्त्री रिजालको सचिवालयले जनाएको छ ।

मन्त्री नियुक्त भएपछि भारतीय राजदूत क्वात्राले पहिलो पटक रिजाललाई भेटेका हुन् । नेपालस्थित चिनियाँ र इजरायली राजदूतले पनि मन्त्री रिजाललाई केही दिनभित्र भेट्दै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७