एमालेको १० औं महाधिवेशन चितवनमा

बादलको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन


४ कार्तिक २०७८, बिहीबार

काठमाडौं, ४ कातिक । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । आजको बसेको स्थायी कमिटी बैठकले पार्टीको आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

बैठक भोलि दिउँसो २ बजे पुनः बस्ने छ । एमालेको १० औं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ ।
बादलको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन
नेकपा एमालेले १०औं महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । आज च्यासलमा बसेको बैठकले चितवनमा हुने महाधिवेशन आयोजनाका लागि मूल व्यवस्थापन समिति गठन गरेको हो ।

जसमा सबै प्रदेशको प्रतिनिधित्व रहने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यस्तै बैठकले हालै सम्पन्न विधान महाधिवेशन सफल र ऐतिहासिक भएको निष्कर्ष निकालेको छ ।

बैठकले बाढी पहिरो र डुबानबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतका कार्यक्रमण घोषणा गर्न सरकारसँग माग गरेको छ । यस्तै, मौसम पूर्वानुमानलाई थप व्यवस्थित बनाउन आग्रह गरेको छ । यसैगरी बैठकले विभिन्न सामाजिक संघसंस्थामाथि सरकारले नाङ्गो हस्तक्षेप सुरु गरेको भन्दै आपत्ति जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७