राष्ट्र बैंकको निर्देशनले पनि सेयर बजारमा भएन सुधार


५ कार्तिक २०७८, शुक्रबार
Share 1

काठमाडौं, ५ कातिक । बैंकहरूले मनलाग्दी ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले मंगलबार १० प्रतिशत भन्दा बढी ब्याजदर कायम नगर्न निर्देशन दियो । दसैंअघिदेखि नै घटेको बजारलाई टेको लाग्ने आधार राष्ट्र बैंकको निर्देशन हुने केही लगानीकर्ताको अपेक्षा थियो ।

यसबाट लगानीकर्तालाई केही सान्त्वना मिल्यो पनि । सोहीअनुुसार बुुधबार सेयर बजारमा ६० अंकले बढेपछि लगानीकर्ताहरूमा उत्साह छाएको थियो । टेको लाग्ने अपेक्षामा रहेका लगानीकर्ताहरू साताको अन्तिम कारोबार दिन बिहीबारको बजार पुुनः घटेपछि अब बजारको बुुलिस सकिएको टिप्पणी गर्न थालेका छन् ।

प्रोफिट बुुक गर्ने प्रतिस्पर्धामा बसेका लगानीकर्ताले बुुलिस ट्रेन्ड सकिएको भन्नसमेत थालेका छन् । बिहीबार नेप्से सूूचक १४ दशमलव ७१ अंकले घटेर दुई हजार पाँच सय ५६ दशमलव ९५ बिन्दुुमा पुुगेर थामिएको छ ।

त्यस्तै, ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्समा पनि झिनो गिरावट आएको छ । कारोबारमा आएका १३ समूूहको सूूचकमा फाइनान्स, जलविद्युुत्, विकास बैंकले सर्वाधिक गुुमाएका छन् । जोशी हाइड्रोपावर, गुडविल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक, रैराङ हाइड्रोपावर कम्पनी, शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच प्रतिशतले घटेको छ ।

घटेको बजारमा पनि १० प्रतिशतले बढेर मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर सर्किट मूूल्यमा कारोबार भएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १६ वटा कम्पनीको ६१ लाख कित्ता सेयर खरिद–बिक्री हुुँदा दुई अर्ब ६३ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७