बल्खु खोलामा महिलाको शव फेला


५ कार्तिक २०७८, शुक्रबार
kirtipur shab 5A8T8eq8md

काठमाडौं, ५ कातिक । बल्खु खोलामा एक महिलाको शव फेला परेको छ । कीर्तिपुर र चन्द्रागिरिको बीचमा रहेको खोलामा झोलुंगे पुल नजिकै गोर्खाकी करिब ४० वर्षीया शान्ता थापा मगरको शव फेला परेको हो ।

गोर्खा नगरपालिका–२ की शान्ता हाल कीर्तिपुर बस्दै आएको खुलेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए । बिहान मर्निङवाक गर्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको एसपी बस्नेतले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७