चितवनमा एमालेकाे १० औं महाधिवेशन, पाँच लाख कार्यकर्ता उतार्ने


५ कार्तिक २०७८, शुक्रबार
UML Press Meet at Chitwan

काठमाडौं, ५ कातिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । एमाले स्थायी कमिटी बैठकले चितवनमा केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरे लगत्तै त्यसको तयारीमा प्रदेश कमिटी जुटेको छ ।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताए । पार्टीले महाधिवेशनका लागि कसैसँग चन्दा नमाग्ने बताउँदै उनले उद्घाटन सत्रमा कम्तिमा ५ लाख कार्यकर्ता उतार्ने तयारी रहेको जानकारी दिए ।

प्रचण्डको गृह जिल्ला छानेर काउन्टर दिन खोजेको हो भन्ने पत्रकारको जिज्ञासामा पोखरेलले एमालेको प्रतिस्पर्धा कुनै दलसँग नभई पाँच दलीय गठबन्धनसँग भएको बताए ।

पोखरेलले एमालेले एक्लैले संसदीय चुनावमा बहुमत ल्याउने दावी समेत गरे । एमाले चितवनका इञ्चार्ज काशीनाथ अधिकारीले अनेक धक्का र विश्वासघातका बाबजुद पनि एमाले सशक्त ढंगले अगाडि बढ्ने सन्देश महाधिवेशनले दिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७