यतीले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति


५ कार्तिक २०७८, शुक्रबार
yati airlines

काठमाडौं, ५ कातिक । नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी यती एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान गर्न अनुमति प्रदान गरेको छ ।

प्राधिकरणले बिहीबार यतीलाई उक्त अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले अब चार्टर्ड र ननसेड्युल उडान गर्न पाउने छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अनुमति पाएसँगै दक्षिण पूर्वी एसिया र दक्षिण एसियाली राष्ट्रहरुमा प्यासेन्जर र कार्गो उडानको बाटो खुल्ला भएको बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय उडानको लागि हाम्रो आन्तरिक तयारी पूरा भइसकेको छ । जुनसुकै समयमा पनि उक्त गन्तव्यमा उडान भर्न सक्छौं ।’ कम्पनीले एटीआर ७२ जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ । कम्पनीसँग आधा दर्जन बढी जहाजहरु छन् ।

यसको भगिनी कम्पनी तारा एयरले नेपालकै दुर्गम क्षेत्रहरुमा उडान सेवा दिँदै आएको छ । अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्समा पनि कम्पनीको लगानी छ । यसअघि नै नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

yeti anumati DSxgSckLoZ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७