इटालीबाट आएका विकास मेराग्लियाले च्यासलबाट फुटवल खेल्ने


५ कार्तिक २०७८, शुक्रबार
Bikash Meragliya1634900309

काठमाडौं, ५ कातिक । नेपाली मसलका इटालियन खेलाडी विकास मेराग्लिया शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लब च्यासल युथ क्लबसँग अनुबन्ध भएका छन् । च्यासलले आज (शुक्रबार) विकाससँग एक वर्षका लागि अनुबन्ध गरेको छ । उनले २०७८ को शहीद स्मारक ‘ए’ डिभिजन लिग च्यासलबाट खेल्ने भएका हुन् ।

च्यासल २०७३ सालमा मा ‘ए’ डिभिजन लिगमा उक्लिएको हो । नेपालमै जन्मिएका विकास सन् २००८ मा ६ वर्षको उमेरमा इटाली गएका थिए । उनी १३ वर्षपछि नेपाल फर्किएका हुन् । उनले आफ्नो १३ वर्षदेखि नेपाल आउने सपना पूरा भएको भन्दै खुशी प्रकट गरेका छन् ।

247172840 584812952766699 5711600507235622094 n

‘१३ वर्षअघि मुटुमा नेपाल लिएर गएको थिएँ । फेरि नेपाल कसरी जान सक्छु भन्ने सोचिरहन्थें । यहाँ आउन पाउँदा स्वतन्त्र भएको महसुस भएको छु’, १९ वर्षीय विकासले भने, म यहाँ विशेष गरी फुटबल खेल्नै आएको हुँ ।’

च्यासल क्लबसँग प्रशिक्षण शुरु गरिसकेका विकासले नेपाली राष्ट्रिय टोलीबाट खेल्नेबारे सोचिनसकेको बताए । तथापी नेपालमा विदेशी नागरिकलाई खेलाउन पाउने प्रावधान छैन । ‘म यो अवसर आयो भने खुशी हुनेछु । यहीं बसेर यो गर्छु त्यो गर्छु भन्ने सोचेको छैन । केही डिसिजन गरेको छैन । यहाँको वातावरण हेरेर निर्णय गर्नेछु’, विकासले सुनाए ।

इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका विकाशले इटालीको यु–१६ टोलीबाटसमेत खेलिसकेका छन् । युरोपेली फुटबलको प्रतिष्ठित क्लब एटलान्टाको जुनियर टोलीबाट खेलिसकेका विकाशको चर्चा इटालियन युथ फुटबलमा प्रभावशाली खेलाडीका रूपमा हुने गरेको छ । विकाशले इटालीमा रहँदा एटलान्टा र भेनेजियाको युवा टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट खेलिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७