मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड २०२१’ बाट सम्मानित


५ कार्तिक २०७८, शुक्रबार
Muktinath Bikash bank 1604232279

काठमाडौं, ५ कात्तिक । जी २० को ग्लोबल पार्टनरसीप फर फाइनान्सियल इन्क्लुजन (जिपिएफआइ)बाट समर्थित ग्लोबल एसएमई अवार्ड २०२१ बाट मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ। विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) तथा एसएमइ फाइनान्स फोरमद्वारा उक्त अवार्ड कार्यक्रम आयोजना गरिएको थियो।

सो कार्यक्रममा साना तथा लघुबित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न संघसंस्थाहरु प्रतिस्पर्धामा सहभागी भएका थिए।

साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पु¥याएको योगदानको कदर गर्दै मुक्तिनाथलाई ‘एसएमइ फाइनान्सियल अफ द एयर–एसिया’ विधामा सम्मानित भएको हो।

यस सम्मानले बैंकलाई भविष्यमा साना तथा लघुबित्त क्षेत्रमा थप योगदान गर्नको लािग उत्साहित बनाएको बैंकको भनाइ छ। बैंकले यसअघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० हासिल समेत भएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७