२०७८ कातिक ६ गते शनिबारको तपाईको राशिफल


६ कार्तिक २०७८, शनिबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मित्र वा आफन्तको सहयोग मिल्ने छ । मिष्ठान्न भोजन प्राप्ति होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमा पनि संकट आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कुनै कुराले मनमा शान्ति छाउने छ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
छोटो दूरीको लाभदायक यात्रा रहला । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचे जस्तै लाभ लिन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोजगारको अवसर मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । पारिवारिक झमेला रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विद्या र बुद्धिको विकास हुनेछ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । कार्यसिद्धि हुने अवसर मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने छ । व्यापार व्यवसायबाट लाभ मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७