कस्तो रहला आजको मौसम ?


६ कार्तिक २०७८, शनिबार
kathamandu

काठमाडौं, ६ कात्तिक । आज (शनिबार) पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पानी पार्ने प्रणाली नेपालमा अहिले नभए पनि स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर वाग्मती प्रदेश, प्रदेश–१ र २ का केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् ।

उनका अनुसार पोष्ट मनसुनको समयमा पनि केही लक्ष्यण प्रि–मनसुनको समयमा जस्तै देखिने भएकाले छिनमै मौसम बद्ली हुने गर्छ । तर प्रि–मनसुनमा जस्तो पोष्ट मनसुनमा भने हावाहुरी र चट्याङ्गसहितको पानी पर्ने सम्भावना त्यति नहुने उनले बताए ।

मनसुन पछिको एक, दुई महिनाको समयलाई पोष्ट मनसुन भन्ने गरिन्छ । त्यही कारण काठमाडौंसहित केही पहाडी भेगको मौसम अहिले धुम्मिएको जस्तो देखिएको छ । दिउँसो धुम्मिएको बादल हटेर अलि सफा हुनेछ र एकछिन घाम लाग्ने र फेरि बद्ली हुने सम्भावना रहेको उनले बताए । भोलि बेलुकासम्मको मौसम लगभग यस्तै हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७