लोकतान्त्रिक भन्ने कांग्रेस महाधिवेशन गर्न नसकेर अल्झेको छ : ओली

‘विरोधीहरु एमालेमा विवाद किन भएन भनेर छट्पटिरहेका छन्’


६ कार्तिक २०७८, शनिबार
kp sharma

काठमाडौं, ५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लोकतान्त्रिक पार्टी भन्नेहरु महाधिवेशन गर्न नसकेर अल्झिरहेको बताएका छन् ।

आज (शनिबार) वडा अधिवेशनको उद्घाटन गर्दै सत्तारुढ दल नेपाली कांग्रेसको नाम नलिई उनले समय थपेर पनि महाधिवेशन गर्न नसकेको उनले बताए । ओलीले कांग्रेसले १३ जिल्लामा अझै वडा अधिवेशन गर्न नसकेकोतर्फ लक्षित गर्दै आफूहरुले एकैसाथ वडा अधिवेशन गर्न लागेको बताए ।

उनले गलत तत्वहरु बाहिरिएपछि अहिले पार्टी एक ढिक्का भएर अघि बढेको दाबी समेत गरे । प्रतिपक्षीको रुपमा भूमिका फेरिए पनि अरुभन्दा ठूलो शक्ति भएको उनको भनाइ छ ।

‘विरोधीहरु एमालेमा विवाद किन भएन भनेर छट्पटिरहेका छन्’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरु एमालेमा विवाद किन भएन भनेर छटपटिरहेको बताएका छन् । ‘विरोधीहरु विवाद किन भएन भनेर छट्पटिरहेका छन’, उनले भने । उनले विधान महाधिवेशन पनि सर्वसम्मत रुपमा सम्पन्न भएको दाबी पनि गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७