पतिको हत्या आरोपमा नेपाली महिलालाई अष्ट्रेलियामा तीन वर्षको जेल सजाय


६ कार्तिक २०७८, शनिबार
76695066 422396645094533 7448239676638363648 n 1204009182

काठमाडौं, ५ कात्तिक । अष्ट्रेलियामा एक नेपाली महिलालाई पतिको हत्या आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । सिड्नीको ग्रानभिल एसियामा अटो ग्यारेज सञ्चालन गर्दै आएका सन्तोषको हत्या गरेको आरोपमा उनकी पत्नी नुमा गौतमलाई तीन वर्षको जेल सजाय सुनाइएको हो ।

यद्यपि सन् २०१९ को नोभेम्बरमा भएको यो घटना ज्यान लिने उद्देश्यका साथ नभएको अदालतले बताएको छ । त्यसैले गौतमको सजाय पनि कम गरिएको हो ।

अष्ट्रेलियाको समाचार संस्था न्युज डटकमका अनुसार घरायसी झगडाको क्रममा सन्तोषले नुमामाथि भान्साको चक्कुले आक्रमण गरेका थिए । आक्रमणपछि घाइते भएकी नुमाले सोही चक्कुले सन्तोषलाई आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

अदालतका न्यायाधीश लियोनी फ्ल्यानरीका अनुसार सन्तोषले सधैं मदिरा पिएर नुमालाई यौन सम्बन्धका लागि दबाब दिन्थे । उनले गर्भनिरोधक साधन प्रयोग गर्न नमान्दा नुमाले पाँच पटक गर्भपतन गराइसकेको न्यायाधीशले बताएका छन् ।
नुमाले अब नेपाल फर्किएर बस्न सक्ने अवस्था नभएको भन्दै सजाय सकिएपछि नेपाल डिपोर्ट नगर्न अदालत समक्ष अपिल गरेकी थिइन् । तर, अदालतले उनको अपिल अस्वीकार गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७