सुर्खेत कट्कुवा सामुदायिक वनमा बम विष्फोट, घाँस काट्न गएका दिदी–भाइ घाइते


६ कार्तिक २०७८, शनिबार
boom bisfot Ghaite

सुर्खेत, ५ कात्तिक । सुर्खेतको वीरेन्द्रनगर–७ मा रहेको कट्कुवा सामुदायिक वनमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् ।

कट्कुवा सामुदायिक वनमा बिहान भएको बम विष्फोटमा परेर घाँस काट्न गएका दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षकी लीला नेपाली र उनका भाइ १४ वर्षका नरेश नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते दुवै जनाको देउती अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

बेवारिसे अवस्थामा रहेको बम विष्फोट भएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७