भारतमा एकै दिन थपिए १६ हजार ३२६ नयाँ संक्रमित


६ कार्तिक २०७८, शनिबार
korona india

नयाँदिल्ली, ५ कात्तिक । भारतमा कोभिड–१९ संक्रमितको संख्या शनिबार ३४ करोड १५ लाख ९,५६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६ हजार ३२६ नयाँ संक्रमितहरू फेला परेका छन् ।

संघीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोभिड महामारीका कारण ६६६ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतकको संख्या चार लाख ५३ हजार ७०८ पुगेको छ । संक्रमणबाट ज्यान गुमाउनेमा दक्षिण भारतको केरला प्रदेशका बढी रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी हालसम्म तीन करोड ३५ लाख ३२ हजार १२६ जना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा १७ हजार ६७७ जना छन् । रासस / सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७