प्रधानमन्त्री पूर्वको बाढी–पहिरो प्रभावित जिल्लाको निरीक्षण भ्रमणमा


७ कार्तिक २०७८, आईतवार

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका जिल्लामा बाढी–पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि पूर्वी जिल्लामा जाँदैछन् । प्रधानमन्त्री देउवा आज (आइतबार) पूर्वको सुनसरी, मोरङ, इलाम र पाँचथरमा बाढी–पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा जाने भएका हुन् ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा पूर्वी जिल्लाको क्षति निरीक्षणमा जान लागेको रातोपाटीलाई बताए । विहान ८ वजे गएर आजै साँझ काठमाडौं फर्कने कार्यक्रम छ । बिहीबार र शुक्रबार प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोले पु¥याएको क्षतिबारे निरीक्षण गरेका थिए ।

बाढी–पहिरो प्रभावित क्षेत्रको अवलोकनपछि सरकारले पीडितलाई तत्कालीन र दीर्घकालीन राहतको व्यवस्था गर्ने तयारी गरिरहेको छ । गत साता आएको बाढी पहिरो र डुबानबाट एक सयभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने ठूलो मात्रामा धानबाली र भौतिक संरचनामा क्षति भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७