‘तिमी सँग’को ट्रेलर रिलिज, साम्राज्ञीसँग आकाश र नाजिरको प्रेम कथा (भिडियोसहित)


२७ फाल्गुन २०७४, आईतवार
timi sangh movie samragree and najir husen

काठमाडौं, २६ फागुन । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेनको मुख्य भुमिका रहेको फिल्म ‘तिमी सँग’को ट्रेलर रिलिज भएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रम आयोजना गरि ट्रेलर सार्वजनिक गरेको हो timi sangh movie samragree and najir husen
शिशिर राणाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा छ । सुशिल उप्रेतीको छायांकन रहेको चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी छ । शिशिर राणाले नै चलचित्रको कथा लेखेका हुन् ।

चलचित्रमा त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको छ । चलचित्रको ट्रेलरले ३ अपरिचित पात्रको भेट, प्रेम, विछोड, आकर्षणको कथालाई देखाएको छ । विदेशबाट नेपाल आएकी एक यूवती र उनीसँग भेट भएका २ यूवाको रोमान्चक प्रेमकथालाई चलचित्रले प्रस्तुत गरेको ट्रेलरमा देख्न सकिन्छ । चलचित्रमा आकाश रोमान्टिक र गम्भिर भूमिकामा देखिएका छन् भने नाजिर केहि कमेडी स्वभावको देखिएका छन् ।

बारम्बार प्रदर्शन मिति सारिएको चलचित्र ‘तिमी सँग’ चैत्र २३ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७