सर्लाहीमा विभिन्न घटनामा तीन जनाको मृत्यु


७ कार्तिक २०७८, आईतवार
death

सर्लाही, ७ कात्तिक । सर्लाहीमा भएको बिभिन्न दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक बालकको मोटरसाईकल ठक्करबाट मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका–१५ स्थित सुकनाहामा मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ स्थित मोहनगंज बस्ने उमेश साहकी २८ वर्षिय श्रीमती पपिता देवी साहको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएकी साहलाई उपचारको लागि लालबन्दी स्थित अस्पतालमा लैजादै गर्दा बाटोमै ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

त्यस्तै करेन्ट लागेर ब्रहम्पुरी गाउँपालिका–२ बस्ने ४० वर्षिय सुरेन्द्र साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकरी दिए । विद्युतीय पोलमा वाईफाईको तार जोड्न जाँदा साहलाई आज साँझ करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारको लागि सर्लाही जिल्ला अस्पताल मलंगवामा प–याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । यसैबीच बागमती नगरपालिका–५ स्थित मोटरसाइकलले शनिबारदेखि राति करिब ८ बजेको समयमा साइकल ठक्कर दिदा साइकल चालक एक बालकको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट बागमती नगरपालिका–८ निवासी १४ वर्षिय बालक प्रकाश बहादुर थिंगको मृत्यु भएको सर्लाहीका प्रहरी निरिक्षक गिरीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७