बालबालिकाको खराब बानी–व्यवहार : सजाय बाबु–आमालाई


७ कार्तिक २०७८, आईतवार
China1635044356

काठमाडौं, ७ कात्तिक । चीनमा प्रस्तावित एउटा नयाँ कानून अनुसार ‘एकदमै खराब बानी व्यवहार’ प्रदर्शन गर्ने वा अपराध गर्ने बालबालिबकाको अभिभावकले सजाय पाउन सक्ने छन् ।

परिवार शिक्षा प्रवद्र्धन कानूनको मस्यौदामा यदि अभियोक्ताले बालबालिकामा एकदमै खराब वा आपराधिक व्यवहार पाएमा ती बालबालिकालाई हेरचाह गर्ने अभिभावकलाई सजाय हुने व्यवस्था गरिएको छ । अभिभावकले परिवार शिक्षा मार्गदर्शन कार्यक्रमहरू पालना गर्नुपर्नेछ ।

नेशनल पिपल्स कांग्रेसका (एनसीपी) को विधान मामिला आयोगका प्रवक्ता जाङ टिवाइले किशोर किशोरीहरूले खराब व्यवहार गर्ने थुप्रै कारणरहरू रहेको बताए । ‘परिवार शिक्षाको अभाव वा अनुपयुक्त परिवार शिक्षा प्रमुख कारण हो’ उनले भने । एनसीपी स्थायी कमिटीमा यसै हप्ता समीक्षा गरिने प्रस्तावित परिवार शिक्षा प्रवद्र्धन कानूनले आफ्ना बालबालिका आराम गर्ने, खेल्ने र गृहकार्य गर्ने समय मिलाउन अभिभावकलाई सुझाएको छ ।

यो वर्ष बेइजिङले नियन्त्रात्मक व्यवस्थाहरूको अभ्यास गरेको छ । हालैका महिनाहरूमा त्यहाँको शिक्षा मन्त्रालयले बालबालिकाले ‘अनलाईन गेम’ खेल्न पाउने समय कटौती गरी शुक्रबार, शनिबार र आइतबार एक घण्टा मात्र खेल्न पाउने व्यवस्था गरेको छ । शिक्षा मन्त्रालयले बालबालिकामाथि हुने शैक्षिक बोझ कम गर्न गृहकार्यलाई पनि घटाएको छ र सप्ताहन्त र विदाहरूमा ट्युशन कक्षा लिन पनि प्रतिबन्ध गरेको छ ।

यसका साथै चीनले चिनियाँ युवा पुरुषहरूलाई ‘स्त्री जस्तो’ कम र बढी ‘मर्द’ हुन सुझाईरहेको छ । डिसेम्बरमा पुरुष किशोरहरूलाई स्त्रीकरण हुनबाट रोक्न एउटा प्रस्ताव जारी गरेको शिक्षा मन्त्रालयले फुटबल लगायतका खेलहरूलाई प्रवद्र्धन गर्न विद्यालयहरूलाई आग्रह गरेको छ । सीएनएनबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७