इच्छाराज तामाङमाथि १,१४७ उजुरी, १८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति


७ कार्तिक २०७८, आईतवार
ichharaj tamang arrest UUeg3ogfUw

काठमाडौं, ७ कात्तिक । पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङमाथि हालसम्म १,१४७ जाहेरी र चार अर्ब ५५ करोड बढी बिगो दाबी गरी प्रहरीमा उजुरीको चाङ लागेको छ । यो क्रम जारी रहेको छ ।

उनीमाथि अनुसन्धान गर्न थप १८ दिन हिरासत राख्ने अनुमति अदालतले दिएको छ । तामाङमाथि संगठित अपराधमा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान व्यूरोले जानकारी दिएको छ । ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई दुई हप्ताअघि सीआईबीले पक्राउ गरेको सीआईबीका प्रवक्ता श्यामकुमार महत्तोले जानकारी दिए । पीडितहरु आफ्नो निक्षेप फिर्ता पाउन विभिन्न निकायमा धाइरहेका छन् । प्रहरीसँग गुहार मागिरहेका छन् । तर आश्वासन बाहेक विश्वास गर्ने आधार पाउन असफल छन् ।

हामीले बागमती प्रदेश कृषि भूमि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको सहकारी महाशाखाका रजिष्टार विक्रमप्रसाद पाण्डेले निक्षेपको सुरक्षाका विषयमा जिज्ञासा राख्दा पैसा फिर्ता आउने तर कसरी आउँछ भन्नेमा यकिन नरहेको बताए । तामाङ्गले सहकारीको ७ अर्ब बढी रकम पटक–पटक नियम बिपरित बिना धितो ऋण निकाल्दै आफू अनुकूलको व्यवसायमा लगानी गरेका थिए ।

उक्त सहकारीमा रकम राख्ने निक्षेपकर्ताहरुमध्ये अधिकांश जागिरबाट अवकाश पाइसकेकाहरु छन् । सहकारीमा सन्चित रकम सन्चयकोष र उपदान बापत प्राप्त रकम हो । भविष्य सुरक्षित बनाउन सहकारीमा पैसा राखेकाहरुको भोक र निद्रा खोसिएको छ । निक्षेपकर्तालाई न्याय दिन सरोकारवालाहरुको सामूहिक प्रयास आवश्यक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७