बढ्यो सुन–चाँदीको भाउ, तोलाको कति पुग्यो ?


७ कार्तिक २०७८, आईतवार
gold

काठमाडौं, ७ कात्तिक । नेपाली बजारमा आज (आइतबार) हप्ताको पहिला दिन सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँ बढेको हो ।

शुक्रबार ९१ हजार ७ सय रुपैयाँ कारोबार भएकोमा आज ९२ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार २५० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ हजार २६० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७