अमेरिकाले दियो थप एक लाख डोज कोरोना खोप, सोमबार आउने


७ कार्तिक २०७८, आईतवार
pfizer1627480571

काठमाडौं, ७ कात्तिक । अमेरिकाले नेपाललाई थप एक लाख डोज कोरोनाविरुद्धको फाइजर खोप अनुदानमा दिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार एक लाख ६ हजार २० डोज अनुदानको खोप सोमबार नेपाल आइपुग्नेछ ।

यसअघि गत जुलाईमा अमेरिकाले १० लाख ५३ हजार डोज कोरोनाविरुद्धको खोप नेपाललाई अनुदानस्वरुप दिइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७