नेप्से साढे २७ अंकले बढ्यो, व्यापार बाहेक सबै उपसूचकमा हरियाली


७ कार्तिक २०७८, आईतवार
Share 1

काठमाडौं, ७ कात्तिक । साताको पहिलो दिन आज (आइतबार) शेयर कारोबार मापक नेप्सु परिसूचक दोहोरो अंकले बढेको छ । आज बजार परिसूचक नेप्सेमा २७.५१ अंकले वृद्धि हुँदा २५८४.५२ अंकमा बन्द भएको छ ।

बजार परिसूचकमा वृद्धि भए पनि कारोबार रकममा भने सुधार हुन सकेन । आज नेप्सेमा ५८ लाख १८ हजार २५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब ७७ करोड ३४ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । आज नेप्सेसँगै व्यापार बाहेक सबै उपसूचकमा हरियाली छाएको छ ।

वित्त कम्पनी उपसूचक सर्वाधिक ४.११ प्रतिशत, हाइड्रोपावर उपसूचक २.५२ प्रतिशत र अन्य उपसूचमा ३.२४ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.३४ प्रतिशतले बढेको छ । व्यापार उपसूचक भने १.०७ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा कारोबारमा आएका मध्ये बेस्ट फाइनान्स र रिडी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ भने मेरो माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले नै घटेर नकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

आज कारोबार भएकामध्ये आईसीएफसी फाइनान्सको सर्वाधिक १५ करोड ९१ लाख ८७ हजार, एनआईसी एशिया बैंकको नौ करोड ३५ लाख १९ हजार र अरुण भ्याली हाइड्रोपावरको आठ करोड ६४ लाख ६१ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७